jhuto-biheमङ्सिर २५, काठमाडौं । मधेस आन्दोलनका कारण धान बिक्री हुन नसक्दा पर्साका कृषकहरु मर्कामा परेका छन् ।कृषिमै आधारित भएर बाँच्ने कृषकहरुलाई अति नै कठिनाइ भएकाले कृषकहरु चिन्तित बनेका छन् ।धान बिक्री नुहँदा पैसाको अभावले छोरीको बिहेका लागि हुने छेक्का (विवाहको कुरा छिन्नु) पनि प्रभावित भएको भेडिहारी-९ निवासी भैयाराम महतोले बताएका छन् ।

छेक्कामा विवाहको दिन तय गरिने भएकाले सो दिन आउने पाहुनाका लागि खुवाउने खाने पदार्थ, दिने सरसामान, भाँडावर्तन, लत्ताकपडा तथा टेन्डका सामानहरुका लागि चाहिने रकमका लागि धान बिक्री नभएको महतोले गुनासो गरे । -नेपाल समाचारपत्र दैनिक

 

तपाईको प्रतिक्रिया