- अमर काफ्ले

१५ फागुन, इनरुवा। सुनसरीको इनरुवामा जारी प्रथम मेयर कप भलिबल प्रतियोगिताको उपाधीकालागि भोजपुर र प्रदेश प्रहरी कार्यालय बिराटनगर भिड्ने भएका छन् । उपाधीकालागि दुवै टिमले भोलि प्रतिष्पर्धा गर्नेछन् ।

आज सम्पन्न दुवै सेमिफाइनल खेल बेष्ट अफ फाइभमा टुङ्गिएका छन् । डुम्राहालाई हराउँदै भोजपुर फाइनल प्रवेश गरेको हो भने अर्को खेलमा इनरुवा भलिवल टिमलाई पन्छाउँदै प्रदेश प्रहरी कार्यालयले फाइनल भिडन्त्र भोजपुरसँग पक्का गरेको हो । प्रदेश एकका १२ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद ७० हजार र दोस्रो हुनेले ३५ हजार प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया