इटहरी । प्रदेस नम्वर १ का मुख्य मन्त्री शेरधन राईले जातिय विविधता रहेको प्रदेस नम्वर १ को विविधताको संरक्षण गर्न आफुहरु लागी पर्ने वताए | माझी समुदायहरुको महान पर्व जल पुजा समारोहका प्रमुख अतिथी मुख्यमन्त्री राईले प्रदेस नम्वर १ जातिय ,भाषिक ,धार्मिक ,सास्कृतिक पक्षका दृष्टिकोणले महत्वपुर्ण भएकाले संरक्षणमा ध्यान दिने वताएका हुन । उनले सो अवसरमा माझी समुदायले मनाउने जलपुजाका दिन सार्वजनिक विदा दिने विषयमा संघिय सरकारसंग आफुले पहल गर्ने आश्वासन दिए ।

मुख्यमन्त्री राईले प्रदेस नम्वर १ को जातिय विविधतालाई संरक्षण गर्दै सवै जातिका सास्कृतिक पक्ष समेटेर जातिय संग्रालय वनाउने योजना समेत रहेको जानकारी दिए । सो कार्यक्रममा वोल्दै माझी समुदायका अगुवाहरुले माझी समुदायले मनाउने जलपुजाका दिन फागुन महिनाको तेस्रो मंगलबार सार्वजनिक विदा हुनु पर्ने माग राखेका थिए ।

तपाईको प्रतिक्रिया