- अमर काफ्ले

 

फागुन १६ इनरुवा / ७० हजार नगद राशीको भलिबल प्रतियोगिताको उपाधी एक नम्वर प्रदेश प्रहरी मोरङले जितेको छ । पुलिसले सुनसरी सदरमुकाम इनरुवामा आयोजित प्रथम मेयर कप भलिबल प्रतियोगिताको उपाधी सहित नगद ७० हजार हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा पुलिसले भोजपुर भलिबल टिमलाई पाखा लगाएको हो । प्रतियोगिता वेष्ट अफ फाइबका आधारमा संचालन गरिएको थियो ।

 

पहिलो दुई सेट लगातार जितेको पुलिसलाई तेस्रो सेटमा भने भोजपुरले रोकेको थियो ।पुलिसले पहिलो सेट २५–२१ र दोस्रो सेट २५–१६ को स्कोरमा जितेको थियो भने तेस्रो सेटमा लय गुमाएको पुलिस टिमलाई भोजपुरले अण्डर सेफेनमै रोकेको थियो । पुनः लयमा फर्केको पुलिसले चौथो सेट २५ – २१ को स्कोरमा आफ्नो पक्षमा पार्दै उपाधी चुमेको हो । पुलिससँग पराजित भोजपुरले दोस्रो हुँदै नगद ३५ हजारमा चित्त बुझाएको छ । फागुन ७ गतेबाट संचालन भएको भलिबल प्रतियोगितामा प्रदेश नम्बर एकका १२ टिमको सहभागिता रहेको थियो । पहिलो र दोस्रो हुने टिमलाई प्रमुख अतिथि इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले शिल्ड तथा पुरस्कार बितरण गर्नुभएको थियो ।इनरुवा नगरपालिकाको प्रायोजनमा शान्तिदीप इनरुवाले प्रतियोगिता आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया