रामेछाप । भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले प्रदेश ३ को राजधानी अपायक स्थान हेटौंडामा भएको भन्दै केही समयमै सर्ने बताएका छन् । हेटौंडा छेउ भयो, कसैलाई पायक पर्दैन, स्थापितले भने, अब काठमाडौं आसपास राजधानी सर्छ ।प्रदेश राजधानी सार्ने विषयमा आफूले अठोट लिइसकेको उनले बताए । समाचारमा लेखिएको छ, स्थापितले बढीमा डेढ महिनाभित्र राजधानी सर्ने दाबी पनि गरे ।

केही दिनअघि उक्त प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाबाट प्रदेश राजधानी अन्यत्र नसार्ने दाबी गरेका थिए । आजको कान्तिपुरमा खबर छ ।

तपाईको प्रतिक्रिया