fire२५ मंसिर काठमाडौं । जोहो गरेको पेट्रोलमा सल्केको आगो लागेर बिहीबार राति असन त्यौडमा एकको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।लोडसेडिङमा बालेको मैनबत्तीले कोठामा राखेको पेट्रोल सल्किएर असन त्यौडस्थित कुलरत्न तुलाधरको कच्ची घरमा आगलागी हुँदा तेस्रो तलामा डेरा गरी बस्ने १८ वर्षीय सुजन नगरकोटीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी बिट जनसेवा न्युरोडका डिएसपी विनोद घिमिरेका अनुसार आगलागी सुजनकै कोठाबाट सुरु भएको थियो ।
उनले कोठामा पाँच लिटर पेट्रोल राखेका थिए । पेट्रोल छेउमा मैनबत्ती राख्दा आगो सल्केको हो ।आगो सल्किनेबित्तिकै भाग्न खोज्दाखोज्दै सुजनलाई लप्काले भेटेको थियो ।सो घरमा सुजन र उनकी दिदी सुनु कोठा भाडामा लिएर बसेका थिए । आगो सुरु भएपछि तेस्रो तलाबाट हामफाल्दा सुनु घाइते भएकी छिन् ।

आगलागीबाट तुलाधरको चारतले घर ध्वस्त भएको छ । आगलागी साँझ साढे ७ बजे सुरु भएको प्रहरीको भनाइ छ। आगलागीबाट के–कति क्षति भयो भन्ने खुलिनसकेको डिएसपी घिमिरेले बताए । प्रहरी, सेना र स्थानीयले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । आजको नयाँ पत्रिकामा समाचार छ

 

तपाईको प्रतिक्रिया