- मिकाइल आलम

१८ फागुन, इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार इनरुवा जेसिजको होली विशेष कार्यक्रम सम्पन्न भएको छ । एक नम्बर प्रदेशका नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको इनरुवा जेसिजका अध्यक्ष कुन्दन मेहताले बताए ।

मेहताका अनुसार इनरुवा जेसिजको आयोजित सो कार्यक्रममा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान सहित इनरुवा जेसिजले बनाएको आगामी २०७५ सालको क्यालेन्डर सार्वजनिक गरिएको थियो । इनरुवा जेसिजका अध्यक्ष कुन्दन मेहताको अध्यक्षतामा सम्पन्न होली विशेष कार्यक्रममा इनरुवा जेसिजका पुर्व पदाधिकारीहरु मणिराज पोखरेल,पुरुषोतम घिमिरे,प्रदीप थापा,आनन्द श्रेष्ठ,महिचन्द्र साह,हिमाल थापा,विरेन्द्र साह,निखिल पोखरेल,सन्तोष देव,विनोद मिश्र,शिवनारायण यादव,कृष्ण अधिकारी,रमेश कटुवाल,सुनौज निरौला,धिरज भट्टराई,नेपाल जेसिजका पूर्व उपाध्यक्ष सन्तोष रौनियार लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया