काठमाडौं, १९ फागुन । ७ भदौ ०७२ मा कैलाली टीकापुर घटनाका अभियुक्त कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई पनि प्रतिनिधिसभाका अरू सदस्यसँगै शपथ गराउन राजपा नेपालले संसद् सचिवालयसमक्ष माग गरेको छ ।

सचिवालयले आयोजना गरेको दलहरूबीचको छलफलमा राजपा नेता बृजेशचन्द्र लालले चौधरी जनताबाट निर्वाचित भइसकेकाले उनले शपथ लिन पाउनुपर्ने बताएका हुन् । जब कि अदालतको आदेशमा चौधरी अहिले थुनामा छन् ।

चौधरीले थारू भाषामा शपथ गर्ने गरी निवेदन दर्ता पनि गराएका छन् । स्रोतका अनुसार उनले पार्टीका शुभचिन्तकमार्फत निवेदन दर्ता गराएका हुन् ।तर, सर्वोच्च अदालतले अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न नपाउने फैसला गरेको थियो ।नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया