१९ फाल्गुन, मोरङ। मोरङको जहदा गाउँपालिका-१ बस्ने ५० बर्षिय चन्द्रेश्वर साहको घरमा शुक्रबार होली खेल्ने क्रममा आपसमा कुटपिट हुँदा ६ जना घाइते भएका छन्।

राती ११ बजेतिर परिवारका सदस्यहरु भेला भइ होली खेल्ने क्रममा झगडा हुँदा चद्रेश्वर साह, लक्ष्मण साह, रिता देबी साह, खगेन्द्र साह, कनैया साह, र सम्भु साह घाइते भएका हुन्। घाइतेको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ। घटनाबारे शनिबार विहान मात्र इलाका प्रहरी कार्यालय बुधनगरले जनाएको छ। कुटपिटमा संलग्न ३४ बर्षिय सम्भु साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया