Bus-Accident
फाइल फोटो

२५ मंसिर सप्तरी । सप्तरीको रायपुरमा (राजबिराज–रुपनी) सडकखण्ड अन्तर्गत आज एक बस अनियन्त्रित भई पल्टिँदा छजना यात्रु घाइते भएका छन् ।काठमाडौंका लागि जाँदै गरेको ना ४ ख ३८८८ नम्बरको बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

 बस दुर्घटना हुदा राजविराज नगरपालिका–२ का सरोजकुमार ठाकुर, जोमनी मधेपुरा–५ का मोतिलाल साह लगायत छजना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेको रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया