- मिकाइल आलम

इनरुवा। इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ को सदस्यमा सर्वसम्मत चयन भएका छन् । बुधबार प्रदेश नम्बर १ को अस्थायी मुकाम बिराटनगरमा २०५२ सालमा स्थापन भएको नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ को प्रदेश स्तरीय भेलाले इनरुवा नगरपालिकाका प्रमुख मेहता सहित इटहरी र धरान उपमहानगरपालिकाकी उपप्रमुख लाई सर्वसम्मत रूपमामा सदस्यमा चयन गरेको हो । नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ को भेलाले १३ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया