इनरुवा/सुनसरीको कोशी गाउँपालिकाबाट चार जना विप्लव माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीमाथि कार्यकक्षमा दुर्व्यवहारको आरोपमा उनिहरु पक्राउ परेका हुन् । चन्दा माग गर्दा नदिएको भन्दै कार्यकक्षमा रहेका गाउँपालिका अध्यक्षलाई दुर्व्यवहार गर्नुका साथै हातपातको प्रयास गरेकाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका चार जनालाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनकुटा छिन्ताङ ४ का चट्टान भनिने युगल राई र इटहरी ११ का सन्तोष भनिने राजेन्द्र सिंह विष्ट सहित इटहरी ११ का मोहन कार्की र इटहरी ९ का लक्ष्मण कार्की रहेका छन् । पक्राउ परेकाहरु उपर अनुसन्धान सहित कार्वाही थालिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताउनु भयो । दुर्व्यवहारमा परेका गाउँपालिका अध्यक्ष अन्सारीले विप्लब समूहका कार्यकर्ताले चन्दा नदिएको झोंकमा आफुमाथि दुर्व्यवहार भएको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया