- मिकाइल आलम

इनरुवा। सुनसरीको कोशी गाउँपालीका स्थित भाणटावारीबाट नेपाली चेलीलाई प्रेम जालमा पारेर भारत तर्फ लैजादै गर्दा एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो भारतसंग सिमा जोडिएको भाणटावारीको बाटो हुँदै ताप्लेजुङ जिल्लाको दोभान गाउँपालीका वडा नम्बर २ बस्ने १९ वर्षकी विमला तामाङलाई भारततर्फ लैजादै गर्दा भारतको सुपौल जिल्ला सकुरा ५ बस्ने अनिल चौधरीलाई नियन्त्रणमा लिई नेपाल प्रहरीको जिम्मा लगाएको बिओपी भाणटावारीका प्रमुख गोकर्णराज भट्टराईले जानकारी दिए । दुबै जना हाल जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । उनीहरूको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया