- मिकाइल आलम

भाणटावारी। सुनसरीको कोशी गाउँपालीका स्थित भाणटावारीमा जनप्रतिनिधिले सरसफाइ गरेको छ । प्रत्येक शनिबार विगत केही समयदेखि साप्ताहिक रूपमा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको नेतृत्वमा गरिदै आएको सरसफाइको क्रममा हिजो शनिबार भाणटावारी बजारमा जनप्रतिनिधिले सरसफाइ गरेको हो ।

भाणटावारी बजार क्षेत्रमा भएको फोहोर सफा गर्ने क्रममा अध्यक्ष अन्सारी सहित सो क्षेत्रका सुरक्षा निकायका प्रहरी,व्यापारी,समाजसेवी लगायतले हातमा झाडु लिएर करिब एक घन्टा सरसफाइ गरेका थिए । हिजो शनिबार भाणटावारीमा आयोजित सरसफाइ अभियानमा कोशी गाउँपालीकाकी उपाध्यक्ष अनितादेवी यादव, वडा नम्बर ८ का अध्यक्ष बिन्देशवर यादव,बिओपि भाणटावारी प्रमुख गोकर्णराज भट्टराई,सिमा प्रहरी चौकीका सय अनिलकुमार राय,हजरत हुसेन,सर्जुफ सरदार,हाजी उसमान,मोहम्मद उसमान,नुर आलम,चन्दन यादव,छोटकेन खत्वे लगायतले सरसफाइ अभियानमा सहभागिता जनाएको थियो ।

तपाईको प्रतिक्रिया