काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो । अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमानमा रहेका सात जनाको उद्दार गरिएको छ । उनीहरुलाई उपचारको लागि नर्भिक अस्पताल अस्पताल पठाइएको छ ।

बंगलादेशबाट आएको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । उद्दार जारी छ । तर, विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । अवतरण गर्ने क्रममा विमानमा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । युएस बंगलाको ७३८ एयरक्राफ्टमा अवतरण गर्ने वित्तिकै आगलागी भएको थियो । रनवेबाट बाहिरिए लगत्तै विमानमा आगो लागेको बताइएको छ ।

दुर्घटनापछि आन्तरिक तथा वाह्य उडान र अवतरण रोकिएको छ । ७२ सिटे विमानमा कति यात्रु सवारी थिए भन्ने खुलेको छैन् । दुर्घटनामा घाइते भएका तेह्र जनालाई नर्भिक अस्तर्राष्ट्रिय अस्पताल पु¥याइएको छ । विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ ।

तपाईको प्रतिक्रिया