NTC-Logoमङ्सिर २६, नेपाल । दूरसञ्चार प्राधिकरणको मोबाइल सेवाको ‘रिचार्ज’ समस्या तत्काल समाधान गर्न निर्देशन दिएको छ ।प्राधिकरणले शुक्रबार टेलिकमलाई पत्राचार गरेर रिचार्ज नहुने, ढिला रिचार्ज हुनेलगायत समस्या तत्काल समाधान गर्न निर्देशन दिएको हो । टेलिकमले रिचार्जमा समस्या रहेको चौतर्फी गुनासो आएपछि प्राधिकरणले यसै साता त्यसको अध्ययन गरेको थियो ।

प्राधिकरणको ‘मनिटरिङ टिम’ ले गरेको अध्ययनले पनि टेलिकमको रिचार्जमा समस्या देखिएको भेट्टाएपछि उसलाई तत्काल समाधान गर्न निर्देशन दिएको प्राधिकरणको अध्यक्ष दिगम्बर झाले बताए ।प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले रिचार्जमा देखिएको समस्याको विषयमा टेलिकमसँग स्पष्टीकरण मागिएको बताए ।नयाँ पत्रिका दैनिक

 

तपाईको प्रतिक्रिया