२८ फागुन, इनरुवा। इनरुवा नगरपालिकाले इनरुवा अस्पताललाई सुत्केरी गराउने बेड सहित टेबल हस्तान्तरण गरेको छ । एक लाख ८० मूल्य बराबरको लागतमा खरिद गरिएको सुत्केरी बेड सहितका सामाग्री नगर प्रमुख राजन मेहताले औपचारिक कार्यक्रमका बिच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कटवाललाई हस्तान्तरण गरेका हुन् ।

सामाग्री हस्तान्तरण पश्चात बोल्दै नगर प्रमुख मेहताले स्रोत साधनको पर्याप्तता सहित सहज र गुणस्तरीय स्वास्थ्योपचारकालागि नगरपालिकाको कार्यालयले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटवालले आर्थिक स्रोत साधन अभाव झेलिरहेको इनरुवा अस्पताल क्रमश सुधारोन्मूख अवस्थामा अघि बढेकाले स्थानीय तहको साथ र सहयोगको अपरिहार्यतामा जोड दिए ।

जिल्ला स्वास्थ्य प्रमुख मुकुन्दराज गौतमले रिफर अस्पतालका रुपमा चिनिएको इनरुवा अस्पताल अब आफैं सक्षम हुन थालेकाले केहि साता पश्चात स्रोत साधन सहितको विशेषज्ञ सेवा स्थानीय तवरबाटै संचालनमा आउने जानकारी दिए ।

तपाईको प्रतिक्रिया