maoist-officeकाठमाडौ । एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक तथा साङ्गठिन प्रस्तावको सर्मथनमा पूरक प्रस्ताव दर्ता भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल र नेता विकेश श्रेष्ठले पूरक प्रस्ताव दर्ता गराएका हुन ।पार्टीको साङ्गठनिक आधार भत्किएको, जनताबाट कटेको, जनतामा जानेभन्दा आफ्नै तालमा हिँड्ने गरेको भन्दै उनीहरुले पूरक प्रस्ताव दर्ता गराएका हुन् ।तत्काल सङ्गठन सुदृढीकरण योजना ल्याउन, जनतामा फर्क, जनतामा जाउँ भन्ने नाराका साथ कार्ययोजना ल्याउन, संविधानसभाबाट जारी भएको संविधानको स्वामित्व लिदै अपुग भएका विषयमा संशोधनमार्फत पूर्णता दिनसमेत आग्रह गरेका छन् । आजको गोरखापत्रमा समाचार छ।

 

तपाईको प्रतिक्रिया