२९ फागुन, इनरुवा। इनरुवामा जारी प्रथम प्रदेश स्तरीय टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिता अन्र्तगत सेमिफाइनलमा सुनसरी जिल्ला क्रिकेट टिमले मोरङसँगको भेट पक्का गरेको छ । भने अर्को सेमिफाइनलमा आयोजक सुनसरी युथ क्लबले झापासँग प्रतिष्पर्धा गर्ने भएको छ ।

आज भएको खेलमा झापासँग सुनसरी क्रिकेट टिम ५ बिकेटले पराजित भएपनि रनरेटका आधारमा सुनसरी क्रिकेट टिम सेमिफाइनलमा पुग्न सफल भएको छ । सेमिफाइनल खेल शुक्रबार हुने आयोजक संस्थाका अध्यक्ष अफजल हुसेनले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले नगद १ लाख र उप बिजेताले ५० हजार पुरस्कार पाउने छन् ।

तपाईको प्रतिक्रिया