raj kumar paswan
राजकुमार पासवान

 

 

 

 

 

प्रतिनिथि तस्विर
प्रतिनिथि तस्विर

कञ्चनपुर(सप्तरी) २६ मंसिर ।खेतीपातीमा महिलाहरुको राम्रो ज्ञान छ । खनजोत गर्ने बालि लगाउने,गोडमेल गर्ने,बीउ जोगाउने,बाली तन्काउने सबै काम महिलाले गर्दछ । तर अझ पनि खेतीपाती गर्ने महिलालाई ठानिदैंन् । महिला किसानले पाउनुपर्ने सेवा/सुविघा पनि पाउदैंनन् ।
भूमिमा सबैभन्दा बढी श्रम गर्ने महिलाले नै यसको स्वामित्व नपाउनु भनेको महिला माथिको चरम विभेदको नमूना भएको छ । उनीहरुले सम्पत्तिमाथि महिलाको अधिकार नहुँदा महिलाले विभिन्नखालको हिंसा खेप्नु परेको भन्दै भूमिमा महिलाको सम्पूर्ण अधिकार सहितको स्वामित्व हुनुपर्नेमा जोड दिनुपर्ने विश्लेषकरुको कथन छ । साथै सरकारले सुकुम्बासी, भूमिहीनलाई दिने जग्गामा महिला र पुरुषको संयुक्त नाममा लालपूर्जा दिनुपर्ने माग समेत गरेको छ ।
यति मात्र कहाँ हो र ? आपनैं आपनैं गाउँ ठाउँमा हेरौं त कतिपय परिवारमा खानेकुरा छ तर महिलाले पेटभर खान पाउदैंनन् । घर परिवारका प्रमुख अभिभावक तथा बालवालिका खाई सके पछि मात्र महिलाहरु खने गर्दछन । उल्टै कुटपिट खेपिनुपरेको छ । हेला र गालिगलौज सहिरहनुपरेको छ । कतिले त घेरैं छाड्नुपरेको सुनिन्छ । यस्तो बेला कहाँ जाने ? कहाँ बस्ने ? के खाने ?
यस्तो अवस्था आउनुमा धेरै कारण छन्। ती मध्ये महिलाको आफ्नै नाममा घर जग्गा नहुनु मुख्य कारण हो । घर जग्गामा महिलाको स्वामित्व नहुनाले परिवार गाउँघरमा महिला तथा पुरुष बिच भेदभाव छ । दिनँहु लिपपोत गरेर चिटिक्क बनाएको घर र रात दिन खटिएर खेतीपाती गर्ने जग्गामा स्वामित्व नहुँदा महिलालाई कस्तो लाग्दो हो ?

प्रतिनिथि तस्विर
प्रतिनिथि तस्विर

यस अन्तक्रिया कार्यक्रममा भुमिहिन,सुकुम्बासी महिलाहरुका लागी अब बन्ने नयाँ संविधानमा प्रष्ट उल्लेख हुनुपर्नेछ ।
— समान कामका लागी लैङ्गिक आधारमा पारिश्रमिक तथा समाजिक सुरक्षामा कुनै भेदभाव नहुने संवैधानिक व्यवस्था हुनुपर्दछ ।
— पुख्यौंली सम्पत्तिमा विना लैङ्गिक भेदभाव सवै सन्तानको समान हक हुने किटानी हुनुपर्दछ ।
— प्रत्येक महिलालाई विना लैङ्गिक विभेदविना समान वंशीय हक हुनुपर्दछ ।
— संविधानमा नै भुमिमा महिला किसानको पुर्ण हक हुने ब्यबस्था गरिनुपर्दछ । यसका साथै सम्पुर्ण आर्थिक अधिकारमा महिलाको समान हक स्थापित हुनुपर्दछ ।
— भुमिमा प्राकृतिक सम्पदा र उत्पादनको प्रमुख साधन भएकोले कृषि प्रधान हाम्रो मुलुकमा भुमिमा किसानको स्वामित्व स्थापित गर्दै उत्पादन र उत्पादकत्व बढाउन साथै सामाजिक न्याय स्थापनाका लागी भुमिमा न्यायोचित हदबन्दी कायम गरी हकबन्दीमाथिको जग्गामा क्षत्तिपुर्ति नदिने प्रष्ट ब्यबस्थासहितको भुमिसुधार गरिनुपर्दछ ।
— सबै परिवारका लागी सुरक्षित आवास व्यवस्था हुनुपर्दछ ।
— महिलाको नाममा जग्गा खरिद गर्दा लाग्ने राजश्वमा अहिलेको २५ प्रतिशत बाट बढाई ५० प्रतिशत छुट दिनुपर्ने ब्यबस्था गरिनुपर्दछ । र एकल,अपाङ्ग,दलितको हकमा भने शतप्रतिशत छुट दिनुपर्दछ ।
— एकल महिला र स्वतन्त्र भुमि हक लिन चाहिने महिलाका लागी विना झन्झट ,विना सर्त, निशुल्क स्वतः भुमिको हकमा हस्तान्तरण हुनुपर्दछ ।
तपाईले पनि थाहा पाईसक्नुभएको होला — सरकारले भुमिमा महिलाको स्वामित्व बढाउन श्रीमानको नामामा रहेको घर जग्गामा श्रीमतीसमेतको सगोलनामा गरी संयुक्त पुर्जा बनाउन एक सय रुपैयाँ तिरे पुग्ने व्यवस्था गरेको छ । यो अबसरको उपयोग गर्दै संयुक्त पुर्जा बन्ने अभियान नै चलेको छ । घर जग्गा परिवारका सबैको परिश्रमले बनेको सम्पती हुनाले अधिकार पनि सबैको बराबर हुन्छ ।

त्यसैले महिलाले खेतीबारीमा लगाएको श्रम र उत्पादनमा पुयाएको योगदानको कदर गर्दै आपनो परिवारको संयुक्त पुर्जा बनाऔं । यसरी संयुक्त पुर्जा बनाउदा महिलाको पहिचान र सुरक्षा बढ्छ । छिमेकी र नातागोताले पनि आदर गर्दछ् । उद्दम गर्ने आट बढ्छ । उत्पादन बढेपछि सिङ्ग्गो परिवारलाई नै फाईदा पुग्छ । कुनै एक जनाले खुसुक्क जग्गा बच्ने वा गुमाउने खतरा पनि हुँदैन ।

— पासवान सञ्चारकर्मी तथा भुमि अधिकारकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया