काठमाडौं, २ चैत । नेपाली कांग्रेसलाई ‘मास बेस’ पार्टी भन्दै सिण्डकेट लाद्ने, केन्द्रिकृत संगठन बनाउने र पद कहिल्यै नछाड्ने शीर्ष नेताको कार्यशैलीका कारण दशकौंदेखि गुट सञ्चालन गर्दै आएका नेतालाई दोस्रो पुस्ताका नेताले छाड्न थालेका छन् ।

गुटको नेतृत्व गरिरहेका पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको कार्यशैली र व्यवहारले उनीहरुको गुट निकटका दोस्रो पुस्ताका नेता आजित भएका हुन् ।

दुवै नेताले देश, लोकतन्त्र, पार्टी र आफ्नो गुटभन्दा पनि घर, परिवारका सदस्य र नाता गोतालाई पहिलो प्राथमिकतामा राखेपछि दोस्रो पुस्ताका नेताहरु बिस्तारै देउवा र पौडेललाई छाड्दै बीपी पुत्र डा. शशांक कोइरालासँग निकट हुन थालेका छन् ।

वीपी पुत्र डा. शशांकले हालै प्रतिनिधिसभा र प्रदेशसभा तथा राष्ट्रियसभामा निर्वाचित कांग्रेसका सांसदलाई दिवा भोजमा आमन्त्रण गरेर आफूलाई पनि शक्तिकेन्द्रको रुपमा प्रस्तुत गरेका छन् ।

पुरानो कोइराला पक्ष र हाल देउवाले नेतृत्व गरिरहेको संस्थापन पक्षका नेताहरु समेत डा. शशांकप्रति आकर्षित हुन थालेका छन् ।

बहुमत र शक्तिमा रहेको कोइराला गुटलाई बचाउन नसकेको र नेतृत्व समेत गर्न नसकेको भन्दै पार्टीका पूर्वकार्यवाहक सभापति रामचन्द्र पौडेलको सर्बत्र आलोचना हुन थालेको हो ।

त्यस्तै, पार्टी सभापति देउवाले पनि गुटलाई भन्दा श्रीमती डा. आरजु राणा देउवाको सुझाव र सल्लाह अनुसार चलेको भन्दै उनीप्रति पनि चरम असन्तुष्टी बढिरहेकै छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया