इनरुवा/ इटहरीमा भएको बलात्कार घटनाका ५ जना आरोपित धरौटीमा रिहा भएका छन् । उनिहरु सबैलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले जनही ५ हजार धरौटी लिएर छाडेका हो । इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ, धरानका सन्तोष विक सोही स्थानका मिलन शंकर र रामधुनी नगरपालिकाका ब्यवसायी रोहित सुब्बा उपर जिल्ला प्रशासन कार्यालय सुनसरीमा केहि सार्वजनिक अपराध अन्र्तगत मुद्धा दर्ता भएको थियो ।

आरोपितहरु सबैलाई मिलापत्र र रकम लेनदेनका साथै परिवारलाई मुद्धा दर्ता नर्गन दबाब दिएको अभियोगमा इलाका प्रहरी कार्यालयले मुद्धा दर्ता गराएको थियो । आरोपित उपर थुनछेक बयान पश्चात प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले जनही ५ हजार धरौटीमा छाड्न आदेश दिएको हो । उनिहरु सबैलाई तारेखमा छाडिएको सुनसरी प्रशासनले जनाएको छ । मुद्धा दर्ता भएपश्चात उनिहरु फरार रहँदै आएका थिए । घटना मिलापत्रको दबाब दिएको अभियोगमा सुनसरी प्रहरीका एसपी विद्यानन्द माझी सहित प्रहरीका तीन जना कर्मचारी निलम्बनका परेका थिए ।

तपाईको प्रतिक्रिया