- दिलिप कुमार साह


३ चैत्र, राजविराज। सप्तरीको बलान–विहुल गाउँपालिकामा प्रथम गाउँसभा कानुन सम्बत नबोलाएको भन्दै स्थानीयबासहिरुले गाउँसभालाई भंग गरी गाउँपालिकामा अनिश्चितकालिन तालाबन्दी गरेको छ । स्थानीय ऐन अनुरूप एक साता अघि नै गाउँसभा हुने स्थान र समय बारे स्थानिय समक्ष सूचना गर्नुपर्ने हो तर यहाँका अध्यक्ष लगायतका गाउँपालिकाका प्रतिनिधिहरुले सुटुक्क ३० गते फाल्गुनमा बैठक बसी १ गते चैतमा गाउँसभा बोलाएको आरोप लगाएको छ ।

सो गाउँपालिकाको अध्यक्ष दयानन्द गोईतले गाउँ सभाको केन्द्र सार्ने विवादले तालाबन्दी भएको बताउनुभएको छ । उहाँले गाउँ सभाको निर्णय सार्वजनिक गर्न छोटो समयमा जानकारी गराएको स्वीकार समेत गरेको छ । अधिकांश नगरपालिका र गाउपालिका ले बजेट सार्वजनिक गरि बिकास कार्यलाई अघि बढाएतापनी बलान बिहुल गाउपालिका चाहिँ कार्यलय भवन काहा राख्ने विषयको पनि टुंगो नलागेको स्थानयिहरुले बताएका छन् ।

हाल गाउँपालिका भवन साविकको मल्हनिया गाविस भवनमा रहेको छ । उक्त कार्यालय सबैको समदुरी हुने गरि रुबि पोखरी को डिल अर्थात वरिपरि तथा धामी पोखरीको छेउछाउमा सार्ने प्रस्ताव आएता पनि वार्ड १ र २ का प्रतिनिधिहरुले असहमति जनाएका छन्। जम्मा ६ वार्ड भएको उक्त गाउपालिका बिकासको सवालमा अति नै नाजुक अवस्थामा रहेको छ । सडक, बिजुलि, शिक्षा, स्वास्थ आदि को पुर्वाधार रहित यो गाउपालिका पंचायतीकाल देखि नै विभिन्न विवादमा परि विकासका काम देखि कोसौं टाढा रहेको यहाँका स्थानीयबासीहरुको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया