जाडोको समयमा चायाले अतिनै सताउने गर्दछ यदि तपाई पनि चाया को समस्याले गर्दा हैरान हुनुहुन्छ भने यी उपाएहरु गर्नुहोस चाया बाट सजिलै छुटकारा पाउन सक्नुहुनेछ । चाया सरुवा रोग होइन । चिकित्सा तथ्यपत्र अनुसार, सेतो धूलोको कणजस्तै देखिने चाया एक प्रकारको निर्जीव छाला हो। जुन कपालको जरो छेउछाउमा जम्मा हुने गर्दछ । चायाको कारण टाउको चिलाउने, छालामा खटिरा र बिमिरा देखिने, छाला सुन्निनेजस्ता समस्या देखिन थाल्छन् ।

चायाले अनुहार, आँखीभौं, परेला, कानको पछाडिसमेत जम्मा भएर ‘सिबोरिक डर्माटाइटिस’ को रूपसमेत लिने गर्छ ।
सबै मौसममा चाया हुने गर्छ, तर जाडो याममा अलिक बढी चाहिँ अवश्य हुन्छ । त्यसैले हिउँद लागेपछि कपाललाई विशेष हेरचाह गर्नुपर्दछ ।
चायाबाट बच्न यी उपाएहरु अपनाउन सकिन्छ ।

women dandruff

-दही र कागतीको प्रयोग
चायाबाट मुक्ति पाउनको लागि दही र कागतीको रस मिलाएर कपालमा लगाउनुस्। आधा घन्टापछि कपाल पखाल्नुस्। यसो गर्दा चाया कम हुन्छ ।

 -तनाव ब्यबस्थापन
चाया को प्रमुख कारण तनाब पनि हो तपाई आफनु स्वास्थ्यमा सुधार गर्न लाग्नु भएकाबेला तपाईँ कस्तो अबस्थाको सामना गर्दै हुनुहुन्छ भन्ने कुरा भनिरहनु पर्दैन । तपाईँलाई तनाव कम गर्ने सल्लाह दिइन्छ । यो चायाको समस्या पनि त्यो भन्दा फरक छैन । औषधीविज्ञहरु तनावले यो अबस्थालाई अझ बढी चर्काउँछ भन्ने कुरामा विश्वास गर्छन् ।

-कपाल सुकाउँ
चाया पर्दा कपाल रुखो हुन्छ । त्यसैले, कपाल धोएर सुकाउँदा सकेसम्म कुल ड्रायर चिसो हावा प्रयोग गर्ने । यसपछि कपाल कोर्दा ठूलो दाँत भएको काइँयो प्रयोग गर्ने ।

-भोजनमा फेरबदल
स्वस्थ छाला र कपालका लागि भोजनको भूमिकाका बारेमा धेरै पहिलेदेखि थाहा पाइएको छ । जब चाया देखा पर्छ, सामान्यतया जिंक, ओमेगा ३ चिल्लो एसिड, सेलेनियम, अनि बी भिटामिन भएका खानाहरु फाइदाजनक हुन्छन् ।यदि तपाईँ आफ्ना भोजनमा यी कुराहरुलाई संगठित गर्ने प्रयास गर्नुहुन्छ भने चाया को समस्या पनि धेरै कम हुन्छ ।

-‘हेयर स्पा ट्रिटमेन्ट’
चायाग्रस्त कपालको सुरक्षाका लागि सातामा एक पटक ‘हेयर स्पा ट्रिटमेन्ट’ गर्ने । यसबाट टाउकाको छालासँग जोडिएको चाया पर्ने, कपाल झर्ने, टाउकाको छाला सुक्खा हुने र कपाल दुईमुख हुनेजस्ता समस्या समाधान हुन्छन् । साथै, कपाल चम्किलो र स्वस्थ पनि हुन्छ । ‘हेयर स्पा ट्रिटमेन्ट’ ले टाउकाको रक्तसञ्चार पनि ठीक गराउँछ ।
तपाईले यी उपाएहरु अपनाउनु भयो भने चाया तत्काल निको हुन्छ ।साझासवालबाट

 

तपाईको प्रतिक्रिया