- अमर काफ्ले

५ चैत्र, इनरुवा। चैत्र ८ गतेबाट सञ्चालन हुने एसईई परिक्षामा सुनसरीबाट १२ हजार ५ सय ९३ जना विद्यार्थी सहभागि हुने भएका छन् ।परिक्षाकालागि सुनसरीमा ४७ वटा परिक्षा केन्द्र तोकिएको छ । परिक्षामा सुनसरीका ९७ सामूदायिक विद्यालय सहित १ सय ६४ संस्थागत र ५ वटा प्राविधिक विद्यालयका विद्यार्थी सामेल हुने जिल्ला शिक्षा कर्याालय सुनसरीले जनाएको छ ।

परिक्षार्थी मध्ये नियमित तर्फ ११ हजार ८ सय १४ जना, एक्जामटेड ५ सय ९९ जना र प्राविधिक तर्फका १ सय ८० जना विद्यार्थी एसइइमा सहभागि हुने जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले जानकारी दिनुभयो । परिक्षामा एक्जामटेड तर्फ ७९ सामूदायिक र २३ संस्थागत विद्यालयका विद्यार्थी सहभागि हुन लागेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला शिक्षा अधिकारी पिताम्बर गौतकका अनुसार एक्जामटेड तर्फका परिक्षार्थीकालागि दुई वटा विद्यालयबाट परिक्षा दिने व्यवस्था मिलाएको छ भने प्राविधिक तर्फका सबै परिक्षार्थीकालागि सदरमुकाममा परिक्षा केन्द्र निर्धारण गरिएको छ । परिक्षा अवधीभरको सुरक्षाकालागि सुनसरीमा एक हजारको संख्यामा सुरक्षाकर्मी परिचालित हुने जिल्ला शिक्षा अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

यसैबिच एसईई परिक्षामा केन्द्राध्यक्षको जिम्मेबारी तोकिएका शिक्षकहरुकालागि इनरुवामा अभिमूखिकरण तालिमको आयोजना गरिएको छ । भगवती मावि इनरुवामा आयोजित अभिमूखिकरण कार्यक्रममा सुनसरीमा परिक्षाकालागि केन्द्र तोकिएका ४७ परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुको उपस्थिती रहेको थियो ।

अभिमूखिकरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, प्रमुख कोष तथा लेखा नियन्त्रक बद्रीप्रसाद घिमिरे, जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदी सहितकाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा एसइइलाई मर्यादित बनाउन केन्द्राध्यक्ष सहित परिक्षा अवधीभर खटिने कर्मचारीको महत्वपूर्ण भूमिका रहने भएकाले सोही अनुरुप तोकिएको जिम्मेबारी वहन गर्न जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले आग्रह गर्नु भएको थियो ।

परिक्षा केन्द्र ४७ वटा निर्धारण गरिएको सुनसरीमा सोही संख्याका केन्द्राध्यक्ष र ५६ जना सहायक केन्द्राध्यक्ष तोकिएको छ । ५ सय ९ जना निरीक्षक र २ सय ४५ जना सहयोगी कर्मचारी परिक्षामा खटिने जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया