Mark

फेसबुकका सस्थापक मार्क जुकरबर्गले विश्वका मुस्लिम धर्मावलम्बीहरुको समर्थनमा आवाज उठाएका छन् । अमेरिकी राष्ट्रपतिको उमेद्धारको दौडमा रहेका एक रिपब्लिकन नेताको मुस्लिम विरोधी अभिव्यक्ति आएसँगै जुकरबर्ग मुस्लिमहरुको पक्षमा उभिएका हुन् ।

जुकरबर्गले लेखेका छन्ः म विश्वभरका मुसलमानहरुको समर्थनमा आफ्नो आवाज मिलाउन चाहन्छु । मैले मुसलमानहरुको डर बुझ्न सक्छु जसले दोश्रो व्यक्तिको गरेको कामको सजाय भोग्नु परिरहेको छ ।

आफ्नो फेसबुक पेजमा जुकरबर्गले लेखेका छन्ः यदि तपाइँ मुसलमान हुनुहुन्छ भने म फेसबुकको प्रमुखको नाताले तपाइँहरुलाई आस्वस्त पार्न चाहन्छु की फेसबुकमा तपाइँहरुलाई सधै स्वागत छ । साथै जुकरबर्गले मुस्लिमहरुको हकमा लागि फेसबुक लड्ने प्रतिबद्धता पनि जनाएका छन् ।

रिपब्लिकन पार्टीको तर्फबाट आगामी राष्ट्रपति चुनावमा उमेद्धार हुने दौडमा रहेका डोनाल्ड ट्रम्पले मुस्लिमहरुलाई अमेरिकामा छिर्न दिन नहुने बताएपछि विश्वभर अहिले त्यसको तिव्र आलोचना भैरहेको छ । उनको विरुद्धमा न्युयोर्कमा प्रदर्शन समेत भएको छ ।

सबै समुदायप्रति हुने आक्रमणको विरोध गर्नका लागि आफुलाई आफ्ना आमाबुवाले सिकाएको भन्दै जुकरबर्गले कसैको स्वतन्त्रतामाथि गरिने हमलाले जोकोहीलाई पनि नोक्सान पूराउने बताएका छन् ।

कतिपय मानिसले घृणा फैलाउने काम गरेका भएपनि सुन्दर भविष्यका लागि सबै एकजुट भएर काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया