- अमर काफ्ले

६ चैत्र, इनरुवा। ८ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईमा सुनसरीबाट ५ जना नेत्रविहिन परिक्षार्थी सहभागि हुँदैछन् ।ज्ञानचच्छु मावि धरानका आस्मा पयाङगु, अमरदीप राई, मनिका निरौला, मिम्मा भोट र रविन जिमिले एसईई दिने भएका हुन् । उनिहरु सबैकालागि ल्याब्रोटरी मावि धरान परिक्षा केन्द्र तोकिएको छ ।

त्यसैगरी क्षेत्रीय कारागार झुम्कामा रहेका दुई कैदी बन्दीले समेत एसईई दिँदैछन् । कर्तब्य ज्यान मुद्धामा सजाय भोगिरहेका सुनसरीका दिपक कुमार खवास र लागुऔषध मुद्धाका रुपनदेही घर भएका सुजन भारीले समेत एसईई दिने जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले बताउनुभयो ।

कारागारबाट परीक्षा दिने परीक्षार्थीकालागि भासी नमूना मावि परिक्षा केन्द्र मातहतको परीक्षाको व्यवस्था मिलाइएको सुनसरीका परीक्षा निरीक्षक समेत रहनु भएका सहायक जिल्ला शिक्षा अधिकारी पिताम्बर गौतमले जानकारी दिनुभयो । सुनसरीबाट यस पटकको एसईई परीक्षामा १२ हजार ५ सय ९३ जना परिक्षार्थी सामेल हुँदैछन् ।

तपाईको प्रतिक्रिया