७ चैत्र, इनरुवा। सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा बुधवारबाट १० दिने अन्र्तराष्ट्रिय सीताराम नामजाप यज्ञ थालिएको छ । सीताराम नामजाप एक महिनायता जारी रहेपनि आजबाट औपचारिक कार्यकाबिच कलश यात्रा गरी यज्ञ थालिएको हो । हनुमान आराधना परिवार सुनसरीको आयोजनामा यज्ञ थालिएको आयोजक समितिका अध्यक्ष देवनारायण यादवले जानकारी दिए ।

यज्ञमा नेपाल सहित छिमेकी मूलुक भारतका पण्डित तथा जाप मण्डली टोलीले १० दिनसम्म अखण्ड रुपमा होमहोमादी गर्ने बताइएको छ ।कार्यक्रम अन्तर्गत अखण्ड सीताराम जप , रामायण पाठ, हवन तथा सत्संग, प्रवचन तथा मूर्ति स्थापना जस्ता धार्मिक विधि विधानको आयोजना गरिने छन् ।

तपाईको प्रतिक्रिया