rape२६ मंसिर।म काठमाडौंको चक्रपथस्थित एक कलेजमा ब्याचलर्स तहमा अध्ययन गरिरहेको विद्यार्थी हुँ । केही कारणले, खासगरि आफैंलाई समस्या पर्ने डरले मेरो नाम उल्लेख गर्न चाहिन । सँधैझैं म २५ मंसिरमा बिहान आफ्नै स्कुटरमा कलेजतर्फ आइरहेको थिए ।

धुम्बाराहीमा आइपुगेपछि एक जना दिदीलाई लिफ्ट दिन खोज्दा आफ्नो ल्यापटप खसेको थाह पाएं । तुरुन्तै फर्केर जांदा प्रत्यक्षदर्शीहरुले एउटा बसका चालकले लगेको बताए ।

म त्यस कुराको उजुरी गर्न भनेर सुकेधारा चौकीमा जांदा त्यहां रहेका ट्राफिक प्रहरी महेशकुमार साहले मलाई उक्त बस तेलका लाइनमा भएको बताएर मेरो स्कुटरमा पछाडी बसेर एकान्त गल्लीगल्लीका बाटोबाट भित्र लगे ।

पछाडीबाट मलाइ अंगालो हाल्ने, र दुव्र्यवहार गर्न थालेपछी केही अगाडी लगेर मैले स्कुटर रोकें र त्यहां भएका केही मानिसलाई त्यता पेट्रोल पम्प भए–नभएको, भए कुनै बस लाईनमा भए नभएको सोधें ।

सोध्दा भएको थाह पाए पछी त्यहां पुग्दा ट्राफिक प्रहरी साह, बसको नाम थाह नभएको ड्राइभर र खलासीले मलाई भित्रै बोलाए, तर म जान मानिन ।

बसको ढोकैबाट मैले मेरो ल्यापटप मागें, तर मसँग ५ हजार रुपैया मागियो । बल्लतल्ल ३ हजार रुपैयां दिएपछि मेरो ल्यापटप फिर्ता दिइयो ।

कलेज पुग्नासाथ मैले यो कुरा आफ्ना सिनियरहरुलाई बताएं । कलेजका शिक्षक, सिनियर दिदीहरु र अन्य अभिभावकहरु पनि तत्कालै सुकेधारा प्रहरी चौकीमा पुगेर यस्तो अपराध गर्ने साहमाथि कारबाही गर्न माग गर्नु भयो ।

त्यहां रहनु भएका महिला प्रहरी दिदीहरुले पनि कारबाहीका लागी दबाब दिनु भएको छ ।

हामी प्रहरीका पोशाक देख्नेवित्तीकै सुरक्षाले आश्वस्त हुन्छौं । प्रहरीले हाम्रो सुरषा गरिदिन्छ भनेर भर पर्छौं तर एकाबिहानै प्रहरीले नै गरेको यस्तो दुव्र्यवहार सहनु परेपछि अब हामीले कसको विश्वास गर्ने?

ती प्रहरी माथी कारबाही होला नहोला, तर रक्षकले नै गरेको यस्तो राक्षसी व्यवहारबाट हाम्रो मन कुंडिएको छ । तपाईंहरु नै सुझाव दिनुहोस्, म के गरैं ।

उही तपाईंको पीडित बहिनी छोरी, चक्रपथ

साभार : नेपालसंदेश

 

तपाईको प्रतिक्रिया