NTC-Logo२६ मंसिर । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुकालागि एक महिने बोनस अफर ल्याएको छ । रिचार्ज नहुने समस्या भोगिरहेका उपभोक्ताहरुलाई टेलिकमले यस्तो अफर ल्याएको हो ।टेलिकमले यो अफर मंसिर २७ गतेदेखि पुस ३० गतेसम्म कायम रहने जनाएको छ । यो अफरमा जीएसएम, सीडीएमए प्रिपेड सेवामा हुने रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज कार्डमार्फत रिचार्जमा बोनस दिइने छ ।यस अवधिमा २ सय रुपैयाँ रिचार्ज गर्दा ५ प्रतिशत, ५ सय रुपैयाँ रिचार्ज गर्दा १० प्रतिशत र एक हजार रुपैयाँ रिचार्ज गर्दा ग्राहकले १५ प्रतिशत बोनस पाउने छन् भने एमपीओएस रिर्जाजमा १० प्रतिशत बोनस दिइने टेलिकमले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया