इनरुवा चैत्र १० /इनरुवा नगरपालिका वडा नम्वर १० मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जल्पापुर स्थित रहेको प्राथमिक आधारभूत विद्यालयमा आयोजित शिविरमा ३ सय बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् । हाम्रो सञ्जाल इनरुवाले आयोजना गरेको स्वास्थ्य शिविरमा आँखा कान जाँच गर्नुका साथै निशुल्क औषधी वितरण गरेको संस्थाका अध्यक्ष सितोष पोखरेलले बताउनुभयो । बिराट आँखा अस्पतालको सहयोगमा सञ्चालित शिविरमा इनरुवा घरभई अमेरिकामा बस्दै आएका हरिवंश दुलालले निःशुल्क चस्मा सहयोग उपलब्ध गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया