- दिपेन्द्र यादव

इनरुवा । लगातार तिन वर्ष अघि देखी सुनसरीको साविक नरसिंह १ हाल भोक्राहा नरसिंह ५ मा अवस्थित सि–म्याक्स फुड प्रा लि संचालनमा नआएको कारण २ सय जना भन्दा बढीको रोजगारी चौपट भएको छ। तिन वर्ष अघि भएको मधेश आन्दोलनको समयमा विना सूचना बन्द भएको सो उद्योगको कारण अहिले सो उद्योगमा काम गर्ने कामदारहरुको रोजगारी चौपट भएको कारण उनीहरु अहिले काम नपाएर बेरोजगार भएका छन ।

मासु उद्योग संचालनमा भएको बेला त्यहाँका सयौँ स्थानिय व्यक्तिहरु रोजगारी पाएका थिए । तर लगातार ३ वर्ष देखी मासु उद्योग संचालनमा नआएका कारण उद्योगमा काम गरी दैनिक आफ्नो दिनचर्या चलाउँदै आएको कामदारहरु अहिले बेरोजगारीको समस्याले ग्रसित रहेको भोक्राहानरसिंह गाउँपालिकाका स्थानिय सकिल मिँयाले बताए ।

स्थानिय मियाँले बताए अनुसार स्थानीय बासिन्दाहरु स्थानीय स्तरमै रोजगारी पाएका व्यक्तिहरु पुनः बेरोजगार बनेका कारण उनीहरु आफ्नो घरपरिवार चलाउँन नसकेको हो । त्यस्तै सि-म्याक्स फुड प्रालिका म्यानेजर कलिम मंसुरीले दिएको जानकारी अनुसार नरसिंह वार्ड नं.१ मा स्थापित यस उधोगले दोश्रो मधेश आन्दोलन भन्दा पहिला सदरमुकाम नजिक रहेका साविक नरसिंह, भोक्राहा, डुम्राहा र लौकही गाविसका २ सय ५० बढी मजदुरहरु रोजगार थिए। लगभग दुई वर्ष अघि भएको मधेश आन्दोनका बेला सि–म्याक्स बन्द हुदाँ सुनसरीको २ सय ५० बढी मजदुरहरु बेरोजगार बन्न पुगेका छन ।

तपाईको प्रतिक्रिया