- दिलिप कुमार साह


११ चैत्र, राजविराज । सप्तरी प्रहरीले चोरी गरेको मोटरसाइकल सहित चार जनालाई सार्वजनिक गरेको छ ।जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी नम्बर परिवर्तन गरेर प्रयोग गर्दै आएको पाँच थान मोटरसाइकल सहित चारजनालाई पक्राउ गरिएको छ ।

यसरी पक्राउ पर्नेहरुमा छिन्नमस्ता गाउँपालिका १ का महेन्द्र यादवको ३० वर्षीय छोरा सञ्जय यादव, डाक्नेश्वरी नगरपालिका ४ का राजकुमार यादवको १८ वर्षीय छोरा सञ्जयकुमार यादव, राजविराज नगरपालिका ७ का बिनोद रामको १८ वर्षीय छोरा प्रदीपकुमार राम र सुरजा रामको १९ वर्षीय छोरा राजेशकुमार रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । विभिन्न मिति समय र स्थानबाट नम्बर प्लेट परीवर्तन गरी चोरीका मोटरसाईकलहरु प्रयोगमा ल्याई रहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका साथबाट निलो कालो रंगको पल्सर २२० सिसि मोटरसाइकलमा परीवर्तन नम्बर बा.६१.प.१३५९, रातो रंगको पल्सर २२० सिसि मोटरसाइकलमा परिवर्तन नम्बर बा.६४.प.१९६२, पहेलो रंगको अपाचि १६० सिसिको मोटरसाइकलमा परीवर्तन नम्बर बा. ६१ प.११८२, रातो रंगको अपाचि १६० सिसिको मोटरसाइकलमा परिवर्तन नम्बर बा.३८.प.२०७५, कालो रंगको हिरो होण्डा १०० सिसिको मोटरसाइकलमा परिवर्तन नम्बर स.८.प.७०३४ प्रहरीले बरामद गरी सार्वजनिक गरेको छ ।

पक्राउ परेकाहरुलाई मोटरसाइकल चोरी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराएर आवश्यक कानूनी कार्वाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया