११ चैत्र, इनरुवा। सुनसरीको सदरमुकाम इनरुवामा रहेको इनरुवा अस्पतालमा विरामीहरु राती मात्र हैन दिउसोको समयमा पनि लामखुट्टे बाट हैरान बनेका छन् । सदरमुकाम जस्तो ठाउँमा रहेको जिल्ला अस्पताल इनरुवामा आएका विरामीहरु मच्छर बाट पिडित बनेको विरामीका कुरुवा बस्न आएका स्थानिय रमेश मेहताले बताए ।

स्थानिय मेहता बताउँछन् “विरामी उपचार गर्न अस्पताल आउँछौ तर अस्पताल बाट विरामीको सेवा गर्न कुरुवा पनि थप विरामी भएर घर फर्किन बाध्य हुन्छौ।” त्यस्तै यता चिसो मौसम सकिएपछि एकाएक परिवर्तन भएको गर्मी मौसममा अस्पताल वरिपरि रहेको फोहरका कारण फैलिएको लामखुट्टे राती मात्र हैन दिउँसो पनि उपचार गराउँन आएका विरामी तथा चिक्त्सिकहरु हैरान हुने गरेको बताइन्छ । उपचार गराउन आएका विरामी थप विरामी भएर फर्किनु भनेको कुनै सानो कुरा हैन । यस तर्फ इनरुवा अस्पताल प्रति चासो राख्ने सबै सरोकारवलाहरुको ध्यान केन्द्रित हुनु जरुरी रहेको छ ।

यता इनरुवा अस्पतालमा १५ शैयाबाट स्त्तरवृद्धि भएर अहिले ५० शैयामा पुगेको छ । तर अस्पताल पुरानै शैलीमा चलिरहेको छ । तर अस्पतालमा समान्य विरामीको राम्रो उपचार पाउँन नसकेको कारण इनरुवा अस्पतालको चौतर्फी आलोचना भइरहेको छ । अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा उपचार गराउन आउने विरामीहरु लामखुट्टेबाट पिडित बनेपछि विरामीहरु इनरुवा अस्पतालको व्यवस्थापन प्रति चिन्ता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया