२३ असोज, काठमाडौं । बहुमतीय सरकार गठनमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गरेसँगै एकीकृत नेकपा माओवादीमा विवाद सुरु भएको छ ।एमाओवादीका २९ नेताले एमालेलाई समर्थन गर्ने पार्टी निर्णयप्रति आश्चर्य प्रकट गरेका छन् । साथै निर्शत एमालेलाई समर्थन गरेमा आफूहरुको विमति जनाएका छन् ।देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, नवराज सुवेदी, रामचन्द्र झा लगायतका २९ नेताहरुले संयुक्त विज्ञप्तिKP Oli जारी गरी बहुमतीय सरकार गठनमा एमालेलाई समर्थन गर्ने निर्णयको विरोध गरेका हुन् ।देशको समस्या समाधानको ठोस र भरपर्दो आधार विना नै एमालेलाई समर्थन गरेको भन्दै विज्ञप्तिमा भनिएको छ-‘देशको विद्यमान समस्याको समाधान गर्ने र राष्ट्रिय एकता र
सार्वभौमसत्ताको रक्षाका लागि राष्ट्रिय सहमति कायम गरेर जानु पवर्ने अवस्थामा यो निर्णयले हामीलाई गम्भीर एवं आश्चर्यचकित बनाएको छ ।’निशर्त एमालेलाई समर्थन गर्ने निर्णयले देश दलदलमा फस्ने भन्दै उनीहरुले यो निर्णयलाई गलत भनेका छन् ।

साभार :  अनलाईन खबर

तपाईको प्रतिक्रिया