- दिपेन्द्र यादव

इनरुवा। सुनसरीको कोशी गाउँपालिका १ लौकहीबाट अबैध सरसामान शस्त्र प्रहरीले बरामद गरेको छ । भारतिय बजारबाट भन्सार नतिरी अबैध रुपमा ल्याउँदै गरेको कपडा र रसायनिक मल शसस्त्र प्रहरी बल लौकहीले बरामद गरेको हो । शसस्त्र प्रहरी निरिक्षक राजेश श्रेष्ठको नेतृत्वको टोलीले लुकाइछिपाई ल्याउँदै गरेको रसायनिक मल र कपडा बरामद गरेको हो । दुई लाख मुल्य बराबरको कपडा र १० बोरा रसायनिक मल बरामद गरी जिल्ला भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको शसस्त्र प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया