- दिपेन्द्र यादव

इनरुवा। सुनसरीको लौकहीमा गजेन्द्र नारायण सिंहको ७९ औ जन्मोत्सवको अवसरमा सम्मान कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय जनता पार्टी नेपाल क्षेत्र नम्बर ४ सुनसरीको आयोजनामा सिंहको ७९ औ जन्मोत्सवका अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।

राजपा नेपालले कोशी गाउँपालिकाको लौकहीमा हरेन्द्र मण्डल र झबर कडौगिया लगायतकालाई सम्मान गरेको हो । मण्डल ९५ वर्षिय र कडौगिया १ सय ५ वर्षिय गाउँपालिकाकै सबै भन्दा जेष्ठ नागरिक रहेकाले सम्मान गरिएको राजपाले जनाएको छ । सम्मान कार्यक्रममा पार्टीका क्षेत्रिय नेता तथा क्षेत्र नम्बर ४ का गएको प्रतिनिधीसभा सदस्य निर्वाचनका प्रत्यासी रामनारयण यादव, लौकही अध्यक्ष बालेश्वर यादव लगायतकाले सिहंको बारेमा चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया