चैत्र १७ इनरुवा /सुनसरीको भोक्राहा गाउँपालिकाको इस्लामनगर नरसिंहमा मुस्लिम अगुवा तथा धर्म गुरुहरुको उपस्थितीमा शान्तिकालागि मानवताको सन्देश कार्यक्रम आयोजना गरिएको छ । मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटी नेपालको आयोजनाा विश्व बन्धुत्व, आपसी सद्भाव र सभ्य समाज निर्माणकालागि सम्मेलनको आयोजना गरिएको हो ।


कार्यक्रममा भारत यूपी अल इण्डिया तहरिक पयामे इन्सानित फोरमका महासचिव मौलाना बिलाल हसनी मदनी लगायतका मुस्लिम धर्म गुरु तथा अगुवाहरुले भाइचारा सहितको सद्भावयुक्त विश्व बन्धुत्व बारेमा मानवताको सन्देश बाचन गरेका थिए ।


नेपालका दुई दर्जन बढी स्थानमा शाखा रहेको वेलफेयर सोसाइटीमा आवद्ध मुस्लिम अगुवा सहितको कार्यक्रममा उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव, मौलाना मोहम्मद उसमान नदवी, मौलाना मोहम्मद इस्लाम नदवी सहित मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटीका अध्यक्ष मौलाना फिरोज आलम लगायतले मानवताको सन्देशको औचित्यका बारेमा धारणा राखेका थिए ।


कार्यक्रमले एकआपसमा भाइचारा र बन्धुत्व कायम गराउदै समृद्ध समाज निर्माणमा सहयोग पुर्याउने भएकाले मानवताको सन्देश कार्यक्रम जुनसुकै समूदायकालागि समेत उदाहरणीय हुने मिल्लतका महासचिव डा. खुर्शिद आलमले विश्वास ब्यक्त गरे । कार्यक्रममा मुस्लिम समुदायका अलावा हिन्दु समूदायका अगुवा तथा बुद्धिजिवि लगायतको समेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया