Banda२७ मंसिर,  ।पूर्वका केहि जिल्लाको जनजीवन आइतबार बिहानैदेखि संघीय लिम्बुवान पार्टी नेपालको असन्तुष्ट पक्षले आहृवान गरेको बन्दका कारण  प्रभावित बनेको छ ।प्रदेश नम्बर १ बाट झापा, मोरङ र सुनसरीलाई छुट्याउन नहुने र पूर्वका ९ जिल्लालाई लिम्बुवान घोषणाको माग गर्दै अनिश्चितकालीन बन्द आहृवान गरेको हो ।पुर्वका सुनसरी, मोरङ, झापामा बढि प्रभाव परेको छ भने पहाडि जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, संखुवासभा र तेर्‍हथुममा सामान्य मात्र प्रभाव परेको छ ।लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देनले मधेसी मोर्चासँग गठबन्धन गरी आन्दोलनमा मिलेमतो गरेको आरोपमा असन्तुष्ट पक्षले बन्द आहृवान गरेको हो ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया