१८ चैत्र, इनरुवा। सुनसरीको इनरुवामा आजबाट प्रथम मेयर कप बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले गर्नु भएको थियो । प्रतियोगितालाई सृष्टि समाज र इनरुवा युनाइटेडले संयुक्त रुपमा संचालनमा ल्याएको हो । प्रतियोगिताको बिजेताले नगद २५ हजार प्राप्त गर्नेछ भने दोस्रो हुनेले १५ र तेस्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया