- प्रमिला वान्तावा राई

किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति इटहरिको ७ औँ अधिवेशन शनिवार सम्पन्न भएको छ। अधिवेसनले चिरहाङ राईको अध्यक्षतामा १९ सदस्यिय नया कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विजय राई कृष्ण र पदम कुमार राई चयन भएका छन् । त्यसैगरी सचिव सकुन राई सहसचिवमा कृष्णकला राई , कोषाध्यक्ष जितेन राई चयन हुनुभयको छ । भने सदस्यहरुमा दूर्गा राई , आशा राई , राम प्रसाद राई , बसन्त राई , मन्दिरा राई , मदन राई , मन्दिप राई , सूर्य राई , साजन राई , बाल कुमार राई , राजु राई ,बिकी राई र प्रवेस कुमार राई चयन हुनु भयको छ ।

मन बहादुर राई को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राई को प्रमुख आतिथ्यता र यायोक्खा सुनसरिका अध्यक्ष कमला राईको बिशेस आतिथ्यता रहेको थियो । यायोक्खा किरात राईहरुको साभmा घर भएकोले सबैले यायोख्खा लाई जोगाउन एक हुनुपर्नेमा बक्ताहरुले जोड दिएका छन । किराया सुम्निमा संघ जिल्ला कार्य समितीकी सदस्य माया राईले यायोक्खाको बिधानमा रहेर आफ्नो घरलाई जोगायर ल्याएकोमा पुराना कार्यसमितिलाइ धन्यबाद दिदै नयाँ कार्यसमिति लाई उदाहरणीय कार्यको लागी शुभकामना व्यक्त गर्नूभयो ।

यसैविच ,लामो समयदेखि संस्थालाई योगदान पुर्याएको भन्दै ७ जना लाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा किराया प्राकास संस्थापक अध्यक्ष स्व. कुवेर वहादुर राई , पुर्वअध्यक्षहरु स्व. मनी प्रसाद राई , कर्ण वहादुर राई , पुर्वअध्यक्ष रामप्रसाद राई , कार्यवहाक पुर्वअध्यक्ष उमा राई , सदस्य विना राई र आशा रहेका छन् । कार्यक्रममा आदिवासि जनजाति महासंघ सुनसरीका अध्यक्ष राम कुमार माण्डुपा राई , जनजाति विद्यार्थी महासंघ सुनसरीका अध्यक्ष यलमहाङ राई , किरात राई विद्यार्थी संघ केन्द्रिय उपाध्यक्ष रामचन्द्र राई , सुम्निमा संघ सुनसरीका सल्लाहकार ज्ञान किराती ,किरात कला केन्द्रका कुशल राई ,यायोक्खा प्राकासका पुर्वअध्यक्ष तथा सदस्यहरु , सुम्निमा संघका अध्यक्ष तथा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया