- अमर काफ्ले

 

चैत्र १९ इनरुवा/ दोहा कतारको भ्रमणमा रहनु भएका प्रदेश एकका सभासद् तथा एमाले केन्द्रीय पार्टी सचिव भीम आचार्यले श्रमकालागि कतारमा रहेका नेपाली श्रमिकहरुसँग भेटेर जानकारी लिनुभएको छ । आचार्यले कतार स्थित रहेका नेपाली श्रमिकहरुकोे अवस्था, तलव, सेवा र सुविधाका बारेमा जानकारी लिनु भएको हो ।सिर्जनशील परिवार कतारको आयोजनामा भेला भएका नेपाली श्रमिकहरुले स्वदेशमै रोजगारीको अवसर जुटे नेपालमै गएर श्रम गर्न आफुहरु तत्पर रहेको बताएका थिए ।

 

सिर्जनशील परिवार कतारका अध्यक्ष नरेश श्रेष्ठले आचार्य प्रदेश सभासद् र सरकारमा रहेको प्रमुख घटक एमालेको केन्द्रीय सचिव रहेकाले श्रमकालागि विदेशिनु पर्ने बाध्यता अनत्यकालागि नेपाल सरकारले ठोस कदम चाल्न सरकारसमक्ष सुझावकालागि आचार्य समक्ष आग्रह गर्नुभएको थियो ।

 

आचार्यले नेपाल सरकार मुलुकको आर्थिक समृद्धिकालागि कटिबद्ध रहेको बताउँदै विदेशिएका श्रमिकहरुको अवस्था, समस्या र समाधानका बारेमा पहलकदमी अघि बढाउने प्रतिवद्धता जनाउनुभएको श्रमका लागि कतारमा रहनुभएका सुनसरीका बिनोद कटवालले जानकारी दिनुभयो । सिर्जनशीलले भेटघाट कार्यक्रमको आयोजना गरी पत्नी नीरा सहित आचार्यलाई स्वागत गरेको थियो ।


भेटघाट कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक रामसागर मेहता, संस्थापक अध्यक्ष बाबुराम दाहाल, गैर आवाशिय नेपाल संघ अन्र्तराष्ट्रिय समन्वय परिषद्का पूर्व उपाध्यक्ष टीबी कार्की, समाज सेवी सरोज पोखरेल, काजिमान राई, निरज नेपाल, धु्रवराज सुवेदी, खगेन्द्र कार्की,लोकबहादुर राई, अरुण केसी, प्रदिप राई सहित सचिव सोमबहादुर राई लगायतको उपस्थिती रहेको संस्थाका प्रथम उपाध्यक्ष विनोद कटुवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया