- दिलिप कुमार साह

१९ चैत्र, राजविराज । नेपाल अदिबासी जनजाती महासंघ सप्तरीले संगठन बिस्तार अभियानलाई तीब्रता दिएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर ५ र ७ मा वडा समिति गठन गरेको छ । भेलालाले वार्ड नं. ५ मा ललिता चौधरीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेको छ । त्यस्तै वार्ड नं. ७ मा किरणकुमारी चौधरीको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरेको शम्भुनाथ नगरपालिका आदिबासी जनजाति नगर सदस्य गिरिजा चौधरीले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत वडा नम्बर १०, ६ र १ मा समिति गठन पूर्ण तयारीमा रहेको शम्भुनाथ नगर समवन्य परिषदका अध्यक्ष श्रीनारायण चौधरीले जानकारी दिनुभयो । नेपाल आदिबासी जनजाती महासंघ शम्भुनाथ नगरपालिका अध्यक्ष श्रीनारायण चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष हिरणप्रसाद चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष गोपाल चौधरीको उपस्थितिमा समिति गठन गरेको छ ।

तपाईको प्रतिक्रिया