daku
फाइल फोटो

अमर काफ्ले इनरुवा मंसिर २७/
सुनसरीको दक्षिणवर्ती गाविस वसन्तपुरमा शनिबार मध्यराति डाका समूह र प्रहरी बिच दोहोरो गोली हानाहान भएको छ ।
सुनसरी प्रहरीका अनुसार मध्य राति चौपाया चोरी गर्नका लागि आएको हतियारधारी समूहले गोली चलाए पछि प्रहरीले समेत फायर खोलेको हो ।डाका समूह र स्थानीय गाउँले वीच दोहोरो झडप भैरहँदा पुगेको प्रहरी टोलीलाई देखेपछि प्रहरीलाई लक्षित गरी हतियाधारी समूहले दुई राउण्ड गोली चलाएको थियो । त्यस पश्चात प्रहरीले जवाफमा एक राउण्ड गोली चलाएको थियो ।
प्रहरी माथि हमला भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउनु परेको सुनसरीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवि कोइरालाले बताउनुभयो ।हतियारधारी समूह गाउँ छिरेको पत्तो पाएका स्थानीयवासी उनिहरुमाथि जाइ लागेका थिए । सो क्रममा डाका समूहको कुटाईबाट स्थानीय लिलानन्द मेहता र संजय मेहता घाइते भएका छन् ।
घटनाबारे अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।सीमावर्ति क्षेत्रमा यसअघि समेत पटक पटक यस्ता खाले घटना हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया