१९ चैत्र, इनरुवा। सुनसरीको इनरुवामा जारी प्रथम मेयर कप बुद्धिचाल प्रतियोगिता अन्र्तगत तेस्रो चरणका खेलहरु सम्पन्न भएका छन् । लिग चरणमा खेलाइएको प्रतियोगितामा १८ जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल मंगलवार हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता इनरुवा नगरपालिकाको सहयोगमा सृष्टि समाज र इनरुवा युनाइटेडले संयुक्त रुपमा संचालन गरेको हो । प्रतियोगिताको बिजेताले नगद २५ हजार सहित प्रमाण पत्र हात पार्नेछन् भने दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश नगद १५ र १० हजार पुरस्कार रासी प्राप्त गर्नेछन् ।

तस्बिर सहयोग: दिपेश ढकाल

तपाईको प्रतिक्रिया