- दिपेन्द्र यादव

इनरुवा। सुनसरीको दक्षिण्वर्ती क्षेत्रमा बहुलाहा कुकुरको आतंकका कारण सर्वसधारण तर्सित भएका छन् । गाउँबस्तीमा बहुल्हा कुकुरको हुल पसेर सर्वसधारणलाइ टोक्नुका साथै पशुपंक्षी समेतलाई टोक्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका हुन।

कुकुरका कारण सर्वसाधारण त्रसित बन्न थालेपनि दक्षिणवर्ती क्षेत्रका स्थानिय तहका जनप्रतिनिधिहरुको ध्यान केन्द्रित नभएको इनरुवा २ का स्थानिय श्यामकुमार मेहताले बताए । स्थानिय मेहताले बताए अनुसार इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, भोक्राहा गाउँपालिका, बर्जु गाउँपालिका, गढी गाउँपालिका र कोशी गाउँपालिकामा केही दिन यता व्यापक रुपमा बढ्दै गएको भुस्याह कुकुरको आतंकका कारण रेविज विरुद्धको सुई लगाउन बाध्य बनेका छन।

यता रेविज विरुद्धको सुई लगाउन गत वर्षको तुलनामा यस वर्ष अधिक रहेको सुनसरी जिल्ला स्वास्थय कार्यालय सुनसरीले जानकारी दिएको छ । चालु आर्थिक वर्ष २०७४÷०७५ को फाल्गुन मसान्त सम्मको पहिलो महिना साउनमा बहेक भाद्र देखी फाल्गुन मसान्त सम्ममा ५ सय १६ जनाले रेविज विरुद्धको भ्याक्सिन लगाइरहेको जिल्ला स्वास्थय कार्यालय सुनसरीको तथ्यांकमा देखिएको छ ।

चालु आर्थिक वर्ष २०७४÷०७५ को साउन महिनामा पूर्वाञ्चल क्षेत्रिय मेडिकल स्टोरबाट ए आर भी उपल्ब्ध नभएका कारणले कुकुर तथा अन्य जानावरको टोकाइबाट पिडित बनेका रोगीहरु भ्याक्सिन लगाउन बञ्चित भएको स्वास्थय कार्यालयको तथ्यांकमा देखिएको छ । त्यस्तै साउन महिना बाहेक भाद्र महिनामा ६२ जना, असोज महिनामा ६३ जना, कात्तिक महिनमा ७१ जना, मंसिर महिनामा ६८, पुस महिनामा ९१, माघ महिनामा ८६ जना, फाल्गुन महिनामा ७५ जना गरी जम्मा ५ सय १६ जनाले रेविज विरुद्धको भ्याक्सिन लगाइरहेका छन ।

तपाईको प्रतिक्रिया