२० चैत्र, इनरुवा। लामो समयको विवाद पश्चात इनरुवा बजार क्षेत्रको सडक विस्तार मापदण्ड लगभग टुङगो नजिक पुगेको छ । इनरुवा नगरकार्यपालिकाको बैठकले सखुवागाछी देखि जिल्ला समन्वय समिति सम्म ६० फिटको मापदण्ड लागु गर्ने आन्तरिक निर्णयको नजिक पुगेको स्रोतले जनाएको छ ।

बजारबासी र नगरपालिका बिच पटकपटकको छलफल निर्याणक बन्न नसक्दा बजार क्षेत्रको सडक विस्तारको कार्य अघि बढ्न सकेको थिएन् ।इनरुवा नगरपालिकाका प्रवक्ता कालुराम गुरुङले निर्माण कार्य जारी रहेका क्षेत्रको प्राविधिक जाँच र अन्य स्थानमा कायम गरिने मापदण्डको विषयमा सडक डिभिजनका प्राविधिकको रायका अनुसार कम्तिमा ६० फिट मापदण्ड लागु गर्ने विषयमा बैठकमा छलफल भएको बताए ।

बबिया क्षेत्रमा ७० फिट मापदण्ड कायम गरिएपनि बजार क्षेत्रमा भने बजारलाई मध्यनजर गर्दै ६० फिट कायम गर्न लागिएको बुझिएको छ ।बजारबासीले भने आफ्नो क्षेत्रमा ५२ फिट कायम गरिनुपर्ने भन्दै यस अघिनै संघर्ष समिति बनाई सकेका छन् । नगरपालिकाको कार्यलयले बजार क्षेत्रमा ६० फिटको मापदण्ड लागु गर्ने निर्णय कार्यान्वयन गरे बजारका अधिकांशजसो भौतिक संरचना भत्किने छन् ।

तपाईको प्रतिक्रिया