२० चैत्र, इनरुवा। सुनसरी प्रहरीले जबरजस्ती करणीका घटनालाई मध्यनजर गर्दै जिल्लाभर आजैबाट विशेष सुरक्षा रणनीति लागु गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सरोकारवालाहरुको सर्वपक्षिय भेला डाकी कार्ययोजना सञ्चालन अभियानका बारेमा जानकारी गराएको हो ।

अल्पकालिन कार्ययोजनाका रुपमा प्रारम्भिक चरण अन्र्तगत पहिलो तीन महिना सञ्चालनमा आउने जबरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना २०७४ को सवालमा प्रहरीले सरोकारवालहरुबाट राह सुझाव समेत लिएको थियो ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली सहित सुनसरीका १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख सहितको उपस्थितीकाबिच निमित्त प्रहरी प्रमुख नारायण प्रसाद चिमरियाले अपराध अनुसन्धान तथा नियन्त्रणको कार्यलाई अभियानकै रुपमा संचालन गरिने बताए ।

प्रहरीले जिल्लाको समग्र शान्ति सुरक्षालाई मध्यनजर गर्दै स्थानीय व्यापारीको सहयोगमा प्रमुख चोक बजारमा सिसि क्मामेराको बन्दोवस्ती, प्रहरी गस्ती सहितको उचित सुरक्षा प्रवन्ध र हिंसाजन्य घटनाको सम्भाव्यतालाई मनन गरी कडा निगरानी जस्ता कार्यलाई अभियानमा प्राथमिकताका साथ अघि बढाइने सुनसरीका निमित्त प्रहरी प्रमुख चिमरियाले जानकारी दिए । कार्यक्रमका सहभागिहरुले योजना बनाएर मात्रै नहुने भन्दै कार्वाही सहित ठोस पहल आवश्यक रहेको औल्याएका थिए ।

तपाईको प्रतिक्रिया