२० चैत्र,  इनरुवा। आइपर्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीले मातहतका निकायलाई पूर्वतयारीमा जुट्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको बैठकले हावाहुरी , आगालागी र वर्षायाममा आइपर्न सक्ने विपद्कालागि कार्ययोजना सहित पूर्व तयारीमा जुट्न मातहतका निकायहरुलाई आग्रह गरेको हो ।

विपद् व्यवस्थापन समिति सुनसरीका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले विपद् निम्तेपछि सम्पूर्ण जनशक्ति उद्यार र राहत वितरणमा केन्द्रित हुने भएकाले पूर्व तयारी र स्पष्ट खाका सहितको कार्ययोजना बनाउन सके क्षति कम गर्न सकिने बताए । बैठकमा स्थानीय तहका प्रमुख सहित प्रमुख प्रशासकिय अधिकृतका साथै विपद् व्यवस्थापनका क्षेत्रमा कार्यरत संघ संस्था र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया