चक्रघट्टी । सुनसरीको बराहक्षेत्र ४ दुबियाही – माथिल्लो जम्टोकी सडक निर्माण उपभोक्ता समितीका अध्यक्ष गणेश बिष्ट लाइ आक्रमण गरि गम्भीर घाइते बनाइएको छ । कौवाखोज दुबियाही सडक खण्डमा जेसिबी द्वारा बाटो खनिरहेको अवस्थामा स्थानीय जुगे सदाले उभिरहेको अवस्थामा एक्कासि चिर्पट दाउराले हानि टाउको फुटाएको प्रत्यक्षदर्शी उपभोक्ता समिती सदस्य प्रकाश भुजेलले बताए ।

खोला ननापी बाटोको नाली खनेको मा असन्तुष्टि जनाएको तर समिती सग छलफल नै नगरी अराजक तरिकाले कुटपिटमा उत्रिनु बाटो निर्माणमा अवरोध पुर्याउने षड्यन्त्र रहेको स्थानीय कृष्ण बस्नेतले बताए । नगरकै गौरव को योजना अन्तरगत निर्माण हुन लागेको चक्रपथ सडक लाई नगरपालिकाले अत्यन्तै महत्वका साथ लिएको छ ।

बिकास निर्माणमा अवरोध पुर्याउन खोज्नु गलत कार्य हो , दोषी यदि कोहि बाट संचालित छ भने उक्त ब्यक्ती लाई पनि कानुनी दायरामा ल्याएर कार्वाही गरिने मेयर निलम खनालले बताए । बिकास निर्माणका काम भइरहेको अवस्थामा यस्ता अमानवीय कार्य गर्नु उचित नरहेको हुदा किन कसको कारणले यस्तो घटना भएको हो तुरुन्तै पत्ता लगाएर कार्यबाही गरिने वडा अध्यक्ष आशाराम चौधरीले बताए । घाइते बिष्टलाई उपचारका लागि बि पि क्याम्प घरान लगिएको छ । आक्रमणकारी लाई भने कालाबन्जर प्रहरी चौकिले नियन्त्रणमा लिएको छ । निजलाइ ईलाका प्रहरी कार्यालय चक्रघट्टी पठाइने कालाबन्जर चौकिका असइ रामजुलुम सिंहले बताए ।

तपाईको प्रतिक्रिया